काठमाडौं—संसद भनेको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने भनाइ नेपालको पछिल्लो संसदीय क्रियाकलापमा मेल खाएको देखिन्छ ।कानुन तथा नीति निर्माणमा मुख्य भूमिका खेल्नु पर्ने सांसदहरु आरोपप्रत्यारोपमा उत्रिँदा नागरिकका विषय भने ओझेलमा परिरहेका छन् । त्यसमा पनि पछिल्लो समय राजावादीहरु सल्बलाउँदा त्यसको असर सदनमासमेत परेको छ ।वर्षमा एक दिन नेपालीले मनाउने गाई जात्रा, सदनका लागि भने दैनिकी जस्तै बनेको छ ।
पूर्वराजाले प्रजातन्त्र दिवसको उपलक्ष्यमासम्बोधन गरेको पनि १ महिना पुग्ला लाग्यो । तर कुनै विषय र सन्दर्भ नपाएका सांसदहरु पूर्वराजाकै विषयलाई लिएर कट्टर गणतन्त्रवादी र राजावादी बन्ने होडमा छन् । आइतबारको संसद बैठकमा सत्तारुढ नेकपा एमालेका सांसद र राप्रपा सांसदबीच चकाचर्की नै चल्यो । एमाले सांसद रघुजी पन्तले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको भन्दै राजतन्त्र निरंकुश हुने जिकिर गरेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाए ।
आफ्नो बोल्ने समयमा अवरोध भएको भन्दै पन्तले सांसद शाहीलाई इतिहास पढेर आउन चुनौती दिन भ्याए । त्यसक्रममा शाहीले पनि प्रतिवाद गर्न खोज्दा सदनमा भनाभनकै अवस्था सिर्जना भएको थियो । जसले केही समय सभामुख देवराज घिमिरेलाई बैठक सञ्चालन गर्न हम्मेहम्मे प¥यो ।
प्रतिक्रिया