काठमाडौं—लिभरपुललाई पराजित गर्दै न्यूकासलले कारबाओ कपको उपाधि उचालेको छ। विम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा लिभरपुललाई २–१ गोलले पराजित गर्दै न्यूकासलले उपाधि जितेको हो।न्यूकासलका लागि डान बर्नले ४५ मिनेटमा गोल गरे। ५२ मिनेटमा अलेक्जेन्डर इशाकले अर्को गोल थपे ।
निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयको चौथो मिनेटमा लिभरपुलका फेडेरिको चियसाले एक गोल फर्काएका थिए । न्यूकासलले ७० वर्षपछि घरेलु ट्रफी जितेको हो। उसले सन् १९६९ यताकै मुख्यमध्येको पहिलो उपाधि जितेको हो।
प्रतिक्रिया