काठमाडौं—नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, व्यवस्था रक्षाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने विरोध सभालगायतका विषयमा छलफल हुने उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।


प्रतिक्रिया