Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

पम्परागतभन्दा फरक ढंगले सुरक्षा चुनौती बढ्दै गएको छ : प्रधानसेनापति


काठमाडौं—प्रधानसेनापति अशोकराज सिग्देलले पम्परागतभन्दा फरक ढंगले सुरक्षा चुनौती बढ्दै गएको बताएका छन् । राष्ट्रिय सुरक्षाको उच्चस्तरीय तालिमको उद्घाटन गर्दै प्रधानसेनापति सिग्देलले राज्यका सबै निकायको सुरक्षा सम्बन्धी एउटै धारणा बनाउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय स्तरमा बनिरहेका कतिपय क्षेत्रीय सुरक्षा अवधारणा नेपालका लागि अनुकूल नुहने उनको भनाइ छ । अन्य देशहरूले बनाएको अवधारणा उनीहरूको उद्देश्यसँग जोडिने भएकाले नेपालले त्यसको विश्लेषण गरेर आफनो आवश्यकता अनुसार चल्नुपर्ने प्रधानसेनापति सिग्देलको सुझाव छ । अरूको अवधारणा जस्ताको तस्तै उतार्दा आफनो अनुकूल नहुन सक्ने भएकाले नेपालले आफनै शैली अनुसार योजना बनाउनु पर्ने उनको भनाइ छ । सुरक्षा परिस्थितिको सही विश्लेषणका लागि सबै निकायबीच एकरूपता चाहिने प्रधानसेनापतिले प्रस्ट पारे ।