काठमाडौं—काठमाडौं स्कुल अफ ल का संस्थापक प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आज काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए।
उनले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताए । संग्रौलामाथि लागेको यौन दुव्र्यवहार आरोपको अनुसन्धान गर्न काठमाडौं स्कुल अफ लको व्यवस्थापनले जाँचबुझ समिति गठनसमेत गरेको छ ।।
प्रतिक्रिया