Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त


काठमाडौँ – नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन् ।
प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा यस अघि प्राधिकरणको निर्देशक पदमा कार्यरत सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेको प्राधिकरणले जनाएको हो ।

यस अघि कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका राजुरमण पौडेल ५ वर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाशमा गएपछि कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो ।