काठमाडौं—अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर गत ५ जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमार्फत अन्तरिक्षमा गएका थिए । उनीहरूले अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस) मा ८ दिन बिताउने योजना थियो । तर, स्टारलाइनर अन्तरिक्षयान जब आईएसएस नजिक पुग्यो त्यसबेला प्राविधिक समस्या देखियो ।
यानलाई दिशा दिने पाँच थ्रस्टर्स बन्द हुन पुगेको थियो । जसका कारण २८० दिनदेखि उनीहरु अलपत्र परेका छन् । अलपत्र रहेका उनीहरुलाई फिर्ता ल्याउने काम अहिलेलाई रोकिएको छ । नासा र स्पेस एक्सले मिलेर उनीहरूको फिर्ती मिसन क्रू–१० सञ्चालन गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यी अन्तरिक्ष यात्रीहरूको फिर्तीका लागि फाल्कन–९ लाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिनु पर्ने थियो, तर यसमा केही हाइड्रोलिक समस्या देखा परेसँगै बुधबार यसको प्रक्षेपण स्थगित गरिएको हो ।
प्रतिक्रिया