Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

फिल्मको ‘डाइलग’सँग डरायो सरकार, ‘राजागंज’मा मनपरी कैची, नेतादेखि अभिनेतासम्मको विरोध (भिडियो)


काठमाडौं—लोकतन्त्र र गणतन्त्रको हवाला दिने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नै लोकतान्त्रविरुद्धको गतिविधि देखाउन थालेको छ । प्रश्न सोधेकै भरमा पत्रकारलाई संसद् भवन प्रवेशमा रोक लगाउनेदेखि सामाजिक सञ्जाल विधेयकले वाक् स्वतन्त्रतामा अङ्कुश लगाउनेसम्मको चेष्टा गरेको भन्दै ओली सरकारको चौतर्फी विरोध भइरहेको छ । अहिले त झन् ओली सरकारले कला क्षेत्रलाई पनि एकपछि अर्काे गर्दै अङ्कुश लगाउने नीति नै लिएको देखिन्छ ।

चलचित्र लाज शरणम्को दृष्यमा कैची चलाएको सरकार मातहतको सेन्सर बोर्डले अहिले फेरि चैत १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजागंज’ मा पनि त्रास देखाएको छ । बुधबार प्रिमियरका लागि ठिक्क पारिएको राजागंजलाई केन्द्रीय जाँचपास समिति(सेन्सर बोर्ड) ले अनुमति नदिँदा निर्माण टोली अन्योलमा परे । पछि चलचित्रमा समावेश गरिएका दृश्य र संवाद हटाउने सहमति भए पछि सेन्सर पास भयो ।

समितिले आपत्ति जनाएको दृष्यमा २०७२ साल भदौमा नेकपा एमालेका अध्यक्ष ओलीले संविधानसभा परित्याग गरेका दलका सांसदहरूलाई लक्षित गर्दै ‘रुखबाट झरेका केही आँप’ को संज्ञा दिएको एक सार्वजनिक भाषण समावेश थियो । सोही सार्वजनिक भाषणको दृष्य र प्रधानमन्त्री शब्दमा समितिले आपत्ति जनाएको हो ।