Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

रङहरूको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदै


काठमाडौं—रङहरूको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाइन्छ । सरकारले तराई–मधेशमा होली पर्व मनाउन आज सार्वजनिक बिदा दिएको छ । होली आउना साथै तराई भेगमा होरिया गीत गाएर रमाउने गर्छन् ।

वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव प्रगाढ हुने विश्वाससहित होली पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ । यसैबीच, होलीमा अवाञ्छित गतिविधि रोक्न प्रशासनले तराईका जिल्लाहरूमा सुरक्षा सतर्कता बढाएको छ ।

अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन विशेष सुरक्षा योजनासहित प्रहरी परिचालन भएको छ ।