काठमाडौं—वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नामिबियासँग फेरि पराजित भएको छ ।युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो ।
नामिबियाले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो । नेपालकी साना प्रवीनले सबैभन्दा धेरै ३१ रन बनाइन् । यस्तै कविता जोशीले नटआउट १७ रन जोडिन् । नामिबियाकी इभेलीन केजरुक्वाले २ विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । यो प्रतियोगिताकै सबैभन्दा धेरै रन हो । नामिबियाकी यास्मिन खानले ४५ रन बनाइन् । नेपालकी ईश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ विकेट लिए । योसँगै शृङ्खलामा नेपालले ४ वटा खेलमा ३ वटा हारेको छ ।
प्रतिक्रिया