Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

लगातार सात दिन घटेको शेयर बजार आज भने बढ्यो


काठमाण्डौ – लगातार सात कारोबार दिन घटेको शेयर बजार आज भने बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव २८ अङ्कले बढेर २ हजार ७ सय ३६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज विकास बैंक र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा लगानी र अन्य समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । शेयर बजार दोहोरो अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । हिजो ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका २ करोड २९ लाख कित्ता शेयर ८ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।