Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

खेलकुद

नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य


काठमाडौं—युगाण्डामा जारी चारदेशीय टी–२०आई प्रतियोगितामा नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् ।

बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे ।

त्यसअघि नेपाल नामिबियासंग ६ विकेटले पराजित भएको थियो । उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् । ३ खेल खेलेको नेपालले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।