राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


काठमाडौं—नेकपा (एकीकृत समाजवादी) ले सोमबार सचिवालय बैठक बोलाएको छ।

सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने एकीकृत समाजवादीले जानकारी दिएको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूले आइतबार काठमाडौंमा गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।