Breaking

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, स्ववियु निर्वाचनको तयारी


काठमाडौं—नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । बैठक केहीबेरअघि सुरु भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

आइतबार बस्ने भनिएको बैठक सोमबार बिहानका लागि सारिएको थियो । माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान स्थगित गरेर पदाधिकारी बैठक बोलाएको हो ।

बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।