काठमाडौं—शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।
विद्यालय शिक्षा विधेयक पास गर्न माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेका शिक्षकलाई सभापति थापाले शिक्षकले उठाएको भन्दा बढी माग पूरा हुने बताउँदै आन्दोलन नगरी घर फर्किन सुझाव दिएका हुन् ।
शनिबार देशभरबाट आन्दोलनका लागि शिक्षक काठमाडौं आएका थिए । ७ वटा प्रदेशबाट आएको प्रतिवेदन र विधेयमा परेको संशोधनलाई एकीकृत गरेर विधेयक पास गरिने उनले बताए ।
प्रतिक्रिया