Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

युवा रिझाउने ओली नीति, कार्यकर्ताको हर्कत नै बाधक


ब्राण्ड कायम राख्ने अनेक हत्कण्डा गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै मान्छे भारी परिरहेका छन् । यसैको उदाहरण दशरथ रंगशालामा एमाले कार्यकर्ताको लात्ती प्रकरण बन्दा केपी ओली कपकै रौनक धुमिल बनेको छ ।

मिति २०८१ साल फागुन १९ गते साँझ । अवसर थियो केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल । त्यही कार्यक्रममा एमाले कार्यकर्ताले दर्शकलाई घोक्राउँदै लात्ती हानेको भिडियो अहिले भाइरल छ । नेताका नाममा राज्यको पहँुच प्रयोग गर्ने तथा प्रतिष्ठानदेखि खेलकुदसम्म गर्ने कार्यनौलो नहुँदा केपी ओली कप खासै चर्चामा थिएन । कतिपयले राजनीतिक दृष्टिबाट यसलाई हेर्दा यो ओलीको प्रचार र विज्ञापनमा अब्बल सावित हुँदै आएको छ ।

जहाँ विश्वकप जितेका इटालियन गोलकिपर जियानलुइजी बुफोनको उपस्थितिदेखि कुमः सागर जस्ता चर्चित कलाकारको प्रस्तुतिले फाइनल खेलको तामझामले आकाश छोएको थियो । तर रंगशालामा फाइनल खेल चलिरहेको अवस्थामा प्रधानमन्त्री ओलीविरुद्ध केही युवाले नाराबाजी गरे भने ‘बा’ का कार्यकर्तालेत्यसको कानुनी उपचार खोज्न भन्दा बाहुबली रुप देखाएपछि अहिले फाइनल खेलभन्दा यसैको चर्चा छ । अर्थात यतिका मेहनतले कायम गरेको चर्चा ओलीको ब्राण्डिङभन्दा अंरिकाल प्रवृत्तिको यर्थाथता बाहिर ल्याउने माध्यम बनेको छ ।

पछिल्लो अवस्था हेर्दा प्रधानमन्त्री ओली अहिले सत्तामै रहेर पनि आफूलाई स्थापित गराउन सकिरहेका छैनन् । नाकाबन्दीका बेला देखाएको अडान र चुच्चे नक्साका कारण राजनीतिक आरोहण गरेका उनलाई दुईतिहाइको सुविधा र सरकारको बलियो धरातलअवसरका रुपमा छ । तर सोचे अनुसार काम गर्न नसकेको तथा यसअघिका विभिन्न घटनाक्रमले उनको राष्ट्रवाद छताछुल्ल हुँदाउनलाई पुनः ब्राण्डिङको आवश्यकता छ ।

जहाँ बालेन्द्र शाहदेखि रवि लामिछानेसँगको भिडन्त तथा हर्क साम्पाङलाई गरेको बेवस्ताले पनि उनी अर्को सकसमा छन् । फलतः यसको परिपूर्ती गर्न विभिन्न आधार खोजेका उनी कहिले ¥यापर भेट्छन् भने कहिले टिकटकर भेट्छन् । त्यस्तै फेसबुक पेजदेखि टिकटकसम्म भिडियो हाल्ने र बेवसाइट नै चलाउनेसम्मका कामले उनलाई नागरिकसँग जोड्नलाई प्रयोग भइरहेको छ । अझ रोचक त सचिवालयले नै चर्चित व्यक्तिहरुसँग भेट्नेकुरालाई प्राथमिकता दिँदाकहिलेकेकी अधिकारीले गरिदिएको चर्चा र कहिलेप्रकाश सपुतले खर्चिदिएको शब्दमा रमाउनुपर्ने अवस्थामा ओली छन् ।

यतिमात्र नभएर एमालेले ग्रासरुटदेखि मध्यपहाडी राजमार्ग केन्द्रित यात्रासमेत गरिसकेको छ । तर न त यसको प्रतिफल स्थानीय तहको उपनिर्वाचनमै देखियो न त यसका एजेण्डाले स्थान नै पाए । बरु पूर्वमा ओलीले झापड भेट्दा केबलकारमा व्यापारी मोहले उनको हालत अझै उदाङगो भइरहेका छन् । प्रहरी कुट्ने विद्यार्थीलाईछुटाउनेदेखि सहकारीमै समेत रविलाई चेप्ने र आफ्नालाई छोड्नेसम्मका उनको कदमले उनी आलोचना भोगिरहेका छन् । त्यस्तै दुई तिहाइको सरकारको प्राथमिकता के भनेर अर्को प्रश्नको सामना गर्न ओली बाध्य छन् । जसले ‘आफू ताक्छु, मुढो बन्चरो ताक्छ घुँडो’को अवस्था उनले भोगिरहेका छन् ।

हुन त नयाँ भनिएकाहरुको सिको गर्ने अक्कलसमेत उनीहरुमा छैन । न त सरकारमा बसेर काम गर्न नै उनले सकेका छन् । बरु प्रचण्डले सुशासनका कारण आफ्नो सरकार ढलेको भन्ने मुद्दा पाउँदा कांग्रेसलाई बेवास्ता गर्ने अवस्था छैन । यसले कतिपय अवस्थामा फाइदा कांग्रेसलाई र बद्नामी एमालेलाई हुने अवस्थासमेत बनिरहेको छ । त्यसमा पनि छाडा र नक्कल गर्ने अक्कल समेत नभएका कार्यकर्ता उनका हरेक प्रयासमा पानी खन्याइरहेका छन् । जसले नयाँ शक्तिर नागरिकमाथि रिस पोख्नभन्दा आफ्ना अरिगांललाई अनुशासित बनाउन शिक्षा दिनु नै एमालेका लागि बढी आवश्यक रहेको प्रष्ट हुँदै गएको छ ।।