काठमाडौं—न त चुनाव न त मुद्दा तरपनि नागरिसमक्ष जाने नेता र दलहरुको संख्या बढेको छ । यसले विभिन्न जिल्ला र क्षेत्रमा चुनावी झलक नै दिँदानेताहरु सदनभन्दा सडकमा देखिन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि कांग्रेस महामन्त्री गगन थापासम्मले संसद वैठकभन्दा देश दौडाहालाई प्राथमिकता दिइरहेका हुन् । जहाँ प्रचण्ड एमाले कांग्रेसको काँधमा चढेर सत्तामा रगजग गर्ने समय तत्काल नआउनेमा पक्का छन् भने उनीसँग समयसमेत छ ।
फलतः राजनीतिक सक्रियतापनि देखिने र नागरिकसँगको दूरी पनि कम गर्ने दोहोरो उद्देश्यले उनी मधेश हानिएका छन् । जस अन्तर्गत कहिले १००० रुपैयाँको पान त कहिले केराको पातमा भात खाने गरेका उनको यो यात्राले पूरा गर्ने एजेण्डा भने केही देखिँदैन । यद्यपि सबैभन्दा बढि निर्वाचन क्षेत्र रहेको मधेशमै माओवादीले एक सिट पनि नजितेको अवस्था तथा मधेशवादी दलप्रति देखिएको निराशालाई उनले अवसरका रुपमा प्रयोग गर्ने बाटो रोजेका छन् ।


प्रतिक्रिया