राजनीति

ओली–देउवाको दल फुटाउने योजना, कानुन नै बन्दै, माओवादीदेखि रास्वपासम्मै फुट्न सक्छन् ?(भिडियो)


काठमाडौं—सरकारले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको बताएपछि यतिबेला राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । साना राजनीतिक दलहरुलाई फुटाउने उद्देश्यले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याउने तयारी भइरहेको भन्दै विपक्षी राजनीतिक दलहरुले बिरोध शुरु गरिसकेका छन् । सार्वजनिक कार्यक्रमहरुमा केही नेताहरुले अभिव्यक्ति समेत दिएका छन् । सत्तारुढ दलका नेताहरुले भने सरकारले ल्याउन लागेको राजनीतिक दल विभाजन सम्बन्धी विधेयक पार्टी फुटाउने उद्देश्यले ल्याउन नलागेको बताउँछन् ।