खेलकुद

इंग्लिस प्रिमियर लिग : लिडर लिभरपुलसँग म्यानचेस्टर सिटी २–० गोलले पराजित


काठमाडौं—इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । लिभरपुलले सिटीलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सालाह र डोमिनिक जोबोस्लाइले गोल गरे । सालाहले १४ मिनेटमा र जोबोस्लाईले ३७ मिनेटमा गोल गरेका हुन् । जितसँगै लिभरपुलले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।

लिभरपुलले २७ खेलबाट ६४ अंक जोडेको छ । पराजित सिटी ४४ अंकसहित चौथो स्थानमा छ । सिटीले एक खेल कम खेलेको छ ।