Breaking

प्रतिनिधि सभामा बाँदर र बँदेल नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश हुँदै


काठमाडौं—संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठकमा बँदेल र बाँदर नियन्त्रणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश हुँदैछ । ग्रामीण भेगहरूमा बँदेर र बाँदरका कारण वस्ती नै विस्थापित हुने अवस्था आएको भन्दै नियन्त्रणका लागि सार्वजनिक महत्वको प्रस्ताव पेश हुन लागेको हो ।

बाँदर र बँदेलको आतंकबाट खेतीबाली नष्ट भई किसानहरुको सुरक्षामा समेत खतरा पैदा भएको ठहर गर्दै आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभामा बैठकमा प्रस्ताव पेश गर्न लागिएको हो । सांसद राजेन्द्र बजगाईंले पेश गर्ने प्रस्तावमा सांसदहरू उदयशमशेर राणा र सञ्जयकुमार गौतमले समर्थन गर्ने र्ने कार्यसूची छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।