Breaking

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्दै


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्दै छन् । आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री ओलीले आजै दिउँसो नेकपा एमाले दाङले घोराहीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।