Breaking

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै


काठमाडौं—संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय सुरक्षा परिषदको छैटौं र सातौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । नेपाल प्रहरी विधेयक २०८१ लाई सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पनिप्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए ।