काठमाडौं—परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी चाँडै नै रिहा हुने बताएकी छिन् । ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँग भेटवार्ता गरेपछि मन्त्री राणाले जोशी चाँडै रिहा हुने दाबी गरेकी छन् ।
२०२३ अक्टोबर ७ मा हमासले जोशीसहित सयौं मानिसलाई बन्धक बनाएको थियो । गएको जनवरी १९ माहमास र इजरायलबीच युद्धविराम सम्झौता भएयता डेढ दर्जन इजरायली नागरिक छुटे पनि विपिन जोशी अहिले सम्म प्राथमिकतामा परेका छैनन् ।


प्रतिक्रिया