Breaking

भ्रष्टाचारीलाई मृत्युदण्ड दिन नमिल्ने : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने बताएका छन् । आइतबार संसदमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने विषयमा उठाएको प्रश्नमा जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

कानुनले गरेको फैसला कहिलेकाहिँ कमजोरी पनि हुन सक्ने भन्दै ओलीले तर मृत्युदण्ड नै समस्याको समाधान नभएको पनि बताए । उनले यसो भन्दा सांसदहरुले टेबल समेत ठोकेका थिए ।