राजनीति

सरकारले शहीदमार्गको रकम कटौती गरेकोप्रति वर्षमानको आक्रोश


काठमाडौं—पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद् वर्षमान पुन अनन्तले शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए ।

पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए । सडकको अवस्था बिग्रिएको विषयमा सरकारको ध्यान किन नगएको ? भन्दै सरकारको ध्यानाकर्षण गराए ।