काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्नरमा दिउसो १ बजे बैठक सुरु हुने वैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसुचि रहेको छ ।
बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यसपटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका संसद् सचिवालयले जनाएको छ । वैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीे छ ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । गृह मन्त्री रमेश लेखकले ’नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ’मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सुचि रहेको छ ।


प्रतिक्रिया