काठमाडौं—नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तारहरू भूमिगत गर्नका लागि ’होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा हिजो बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाण्डौमा वितरण गरिने थोक प्रणालीको पाइपको मर्मतको काम २० घण्टामा सम्पन्न भएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिएका छन्।
अहिले पानी परीक्षणको काम भइरहेको र परीक्षण सम्पन्न हुनासाथ वितरण प्रक्रिया शुरू गर्ने उनले बताए। विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानीमन्त्री यादवले बताउँदै आएका छन्।


प्रतिक्रिया