Breaking

सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो : पुर्वअर्थमन्त्री


काठमाडौं—नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेता शर्माले अध्यादेशबारे यस्तो टिप्पणी गरेका हुन् । उनले छलफलमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिने भन्दै त्यो घाटीमा अड्किएको हड्डीरुपी अध्यादेश छलफलमा ल्याउन सुझाव दिए । उनले संसदमा सांसद आफैले विधि नमान्ने गरेको भन्दै शक्ति र पावरले विधि मान्नुनपर्ने नेपाली प्रवृत्तिको विकास हुँदै आएकोमा चिन्ता प्रकट गरे ।