काठमाडौं—सर्वोच्च अदालतमा गिरिबन्धु टीइस्टेटसम्बन्धी फैसलाको कार्यान्वयन नगरी अवहेलना गरेको भन्दै सरकारविरूद्ध रिट दायर भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाएर अवहेलनाको रिट दायर गराएका हुन् । उक्त रिटको पेसी फागुन ४ गतेका लागि तोकिएको अधिवक्ता अर्यालले बताए।
गिरिबन्धु टी–इस्टेटबाबरे सर्वोच्च अदालतले २०८० माघ २४ गते गरेको फैसलालाई कार्यान्वयन गर्नुको सट्टामा प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले अध्यादेश ल्याएर अवरोध सिर्जना गरेको भन्दै अवहेलनाको रिट दायर भएको हो। यसअघि अधिवक्ता अर्यालले प्रधानमन्त्री ओली र मन्त्री अधिकारीलाई विपक्षी बनाउने गरी रिट दिएका थिए। तर सहरजिष्ट्रार अच्युत कुँइकेलले दरपीठ गरेका थिए। त्यसपछि अर्यालले संशोधन गरी मन्त्रिपरिषद र मन्त्रालयविरूद्ध रिट दिएका हुन्।


प्रतिक्रिया