Breaking

शंकर पोखरेल र वर्षमान पुनबीच भएको संवादले सत्ता गठबन्धनमा समस्या हुँदैन : गृहमन्त्री


काठमाडौं— गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीच भएको भनिएको संवादले सत्ता गठबन्धनमा समस्या नहुने बताएका छन् । धनगढीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच फेरि वाम गठबन्धन गर्ने संवादले सत्ता गठबन्धनमा कुुनै समस्या नहुने उनको जिकिर गरेका हुन् । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या नभएको र दुई दलबीचको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म सरकार चल्ने बताए । सरकारले आफ्ना कामलाई गति दिने उद्देश्यले अध्यादेश ल्याएको बताउँदै लेखकले उचित समयमा संसदमा पेश गरेर पास हुने बताए ।