काठमाडौं—काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ । झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । प्रहरीका एक अधिकृत अनुसार घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ ।
अपराध
प्रतिक्रिया