काठमाडौं—कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । २६ गते साँझको समयमा ती बालिका माथि मासुको प्रलोभन देखाएर सामूहिक बलात्कार गरिएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी कवीन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय अर्का किशोर रहेका छन् ।
पीडित बालिका स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर पसलमा पुगेकी थिइन् । सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगी जबरजस्तीकरणी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया