काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस आफूले गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित संविधान निगरानी समूह र आईएसएसआर ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले जनतामा निराशा बढेको बढ्यै भएकाले विस्तारै मानिसहरूमा आन्दोलनको कुरा मनमा आइरहेको जिकिर गरे । साथै, उनले अहिलेको सरकार संविधानसम्मत नभएको पनि जिकिर गरे ।
Breaking


प्रतिक्रिया