राजनीति

काठमाडौं महानगरले गुण्डागर्दी गरेको प्रभु साहको आरोप


काठमाडौं—आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गुण्डागर्दीको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरले गुण्डागर्दी गरिरहेको टिप्पणी गरेका हुन्। महानगर प्रहरीद्वारा टेकुस्थित कवाड मजदुरहरूमाथि आक्रमण गरेको प्रसंगमा साहले यस्तो आरोप लगाएका हुन्। उनले सबै नागरिकको जिउधनको सुरक्षाको मागसमेत गरे।