काठमाडौं—संसदीय समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आज प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो । अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिए । सभापति सिंहले आगामी दिनमा पूर्वतयारीका साथ काम गर्नुपर्ने महशुस देखिएको उल्लेख गरे ।
राजनीति


प्रतिक्रिया