काठमाडौ । ६ फिट अग्लो उचाई,भिमकाय ज्यान भएका केही गुन्डा नाइकेहरुले करिब पाँच फिट लामो तलबारले दर्जनभन्दा धेरै केक एकै पटक काट्दै उत्सव मनाइरहेका भिडियोले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । यस्ता भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर समाजलाई नै आतंकित बनाएको आरोपमा केही युवाहरु प्रहरीको फन्दामा समेत परेका छन् ।
बुधबार काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालयले ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा घर भई चाबहिल बस्ने गोपाल मोक्तान, गोरखा आरुघाट घर भई गोंगबु बस्ने सुमन पराजुली, धादिङ घर भएका गोंगबु बस्ने रोमन आलेमगर, तनहुँ स्थायी घर भएका गोंगबु बस्ने गुनबहादुर गुरुङ, सोही ठाँउ बस्ने मनोहर थापामगर, गोरखा आरुघाट घर भएका गोंगबु बस्ने पदमबहादुर मगर र काभ्रेको रोशी–७ का रोशन तामाङ छन् ।
मोक्तान सत्तारुढ दल नेपाली कांग्रेस र अन्य ६ जना एमाले समर्थित कार्यकर्ता भएको खुलेको छ । उनीहरूले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा तरबार, खुकुरी प्रदर्शन गर्दै केक काटेर फोटो तथा भिडियो अपलोड गरेका थिए । उक्त फोटो र भिडियोले समाजमा अशान्ति पैदा गर्ने र आतंक सिर्जना गर्ने भएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।पछिल्लो समय प्रहरीले काठमाडौँ उपत्यकामा सक्रिय गुन्डाहरूमाथि निगरानी बढाएकोछ । यसक्रममा पुरानागुन्डा नाइकेहरुको शैली र नयाँ गुन्डाहरूबारे प्रोफाइल पुनरावलोकन गर्न थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
गुन्डागर्दी नियन्त्रण गर्न पुरानो सूचीमा भएकाहरूको प्रोफाइलिङ पुनरावलोकन गर्ने काम भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) टेकबहादुर तामाङले जानकारी दिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा तामाङले गुन्डाहरूको प्रोफाइलिङगरिरहेको र गुन्डागर्दी गर्नेहरुविरुद्ध कारबाही चलाउने बताए ।
केहीवर्ष अघिसम्म हत्या, फिरौती र अपहरणमा सक्रिए गुन्डा नाइकेहरु फेरि सल्बलाउन थालेका छन् । ६० को दशकमा श्रृंखलाबद्ध रुपमा प्रहरी इन्काउन्टरमा मारिन थालेपछि गुमनाम बनेकागुन्डा नाइकेहरु अहिले विभिन्न आवरणमा देखा पर्न थालेका हुन् । केही ठेक्कापट्टा, केही अभियन्ता र केही राजनीतिको आवरणमा समाजमा सक्रियहुन थालेका छन् । यद्यपि, पहिले जस्तो फोनमा धम्की दिएर चन्दा असुल्ने, हप्ता उठाउने लगायतका गतिविधि नभए पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रभुत्व रहेको देखाउने र अरुलाई तर्साएर असुली गर्ने नयाँ शैली उनीहरुले अपनाएको देखिन्छ । बुधवार पक्राउ परेका सातै जनाको लवाइखवाइ र हाउभाउ सामान्य सर्वसाधारणभन्दा ‘एलिट’ यानेकी सम्भ्रान्त वर्गका जस्ता देखिन्छन् । आतंक सिर्जना गर्ने गरी तरबार र खुकुरी नचाउँदै असभ्य शैलीमा केक काटेको भिडियो फेसबुक र टिकटकमा राखेपछि उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।
पक्राउ परेकामध्येका गोपाल मोक्तानले आफ्नो दोलखामा ढुंगाखानी रहेको र सुमन पराजुलीले ऊन व्यवसायी रहेको बयान प्रहरीमा दिएका छन् । तर, प्रहरीले उनीहरूको विगततर्फ पनि अनुसन्धान गरिरहेको छ ।हेर्दै अस्वाभाविक लाग्ने र गुन्डागर्दी शैली देखिने खालका भिडियोहरू पछिल्लो समय एकपछि अर्को सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन् । एउटा समूहले गरेको हर्कतलाई अर्को समूहले नक्कल गर्दै एकअर्कालाई चुनौती दिने किसिमले यस्ता भिडियो पोस्ट गर्ने होडबाजी नै चलेको छ । यस्ता हरेक पोस्टलाई निगरानी गर्दै अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । ‘ग्याङ’ बनाएर हिँड्ने, तरबार र खुकुरी नचाउने र व्यवसायी वा अन्यलाई हेर हाम्रो ताकत भन्दै चन्दाउठाउने, धम्काउने गतिविधि गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएकोछ । यसतर्फ सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री रमेश लेखकले यस्ता हर्कत गर्ने जो कोहीलाईकानुनी दायरामा ल्याउने दाबी गरेका छन् ।
एक समय काठमाडौं उपत्यकामा ‘गुन्डाहरूको जगजगी’ थियो । तत्कालीन समयका गुन्डा नाइकेहरु दीपक मनाङे र चक्रे मिलन भन्नासाथ धेरैको होस–हवास उड्थ्यो ।
(बाँकि भिडियो सहित)


प्रतिक्रिया