नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् ।
आज विहान नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस सेतीदोभानमा खस्दा २३ जना घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनले बस दुर्घटनामा बसमा सवार २८ मध्ये २३ जना घाइते भएको जनाएको छ ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया