Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

दिल्ली विधानसभा: आम आदमी पार्टीलाई ठूलो झड्का, भाजपालाई पूर्ण बहुमत


भारत । चौथो कार्यकाल सरकार बनाउने दाबीसहित मैदानमा उत्रेको आम आदमी पार्टी (आप)लाई दिल्ली विधान सभा निर्वाचनमा ठूलो झड्का लागेको छ ।

७० सिटको विधान सभामा ४८ सिटमा विजयी हासिल गरेसँगै भारतीय जनता पार्टी (भाजपा)लाई पूर्ण बहुमतसहित दिल्लीमा २७ वर्षपछि सरकारमा फर्कने ढोका खुलेको छ ।

कुल ७० सिटमध्ये ४८ सिट भाजपाको कोटामा जाँदा आपले जम्मा २२ सिट जितेको छ । भारतीय राष्ट्रिय कंग्रेसले एक सिट पनि जित्न सकेन ।

प्रमुख नेताहरूले समेत चुनाव हारेपछि दिल्ली र पन्जाबमा बलियो उपस्थिति रहेको आपको भविष्यलाई लिएर राजनीति वृत्तमा मन्थन सुरु भएको छ । चुनावमा कंग्रेसका ६८ र आपका २० उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचनमा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरिवालसहित आपका प्रमुख नेताहरू मनीष सिसोदिया, सत्येन्द्र जैन, सोमनाथ भारती, सौरभ भारद्वाज र अबध ओझालगायत पराजित भएका छन् ।