काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । बैठकको आरम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको ६१ औँ प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची छ ।
यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुपौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक– २०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, राष्ट्रिय सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललेआर्थिक वर्ष ८१÷८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मुल्यांकन प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक सभा समक्ष पेश गर्ने कार्यसूची छ । राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै विरोध भइरहेको छ ।
प्रतिक्रिया