Breaking

दिल्ली विधानसभा : पूर्वमुख्यमन्त्री केजरीवाल पराजित


भारतको दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश बर्माले उनलाई पराजित गरेका हुन् ।

बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि थिए । लगभग दुई घण्टाको मतगणना पछि केजरीवालले केही समयक अग्रता लिए पनि अन्त्यमा उनले चुनाव हारेका छन् । भाजपाका वर्माले तीन हजार १८६ मतले जित हासिल गरेका छन् ।

भाजपाका दिल्ली इकाई अध्यक्ष वीरेन्द्र सचदेवाले भने दिल्लीका लागि आगामी मुख्यमन्त्री भाजपाकै नेता हुने र व्यक्तिको चयन केन्द्रीय नेतृत्वले गर्ने प्रतिक्रिया दिएका छन् ।