Breaking

खानेपानी मन्त्रालयमा आगलागीः के कति भयो क्षति?


सिंहदरबारस्थित खानेपानी मन्त्रालयको चौथो तलामा शनिबार बिहान भएको आगलागीबाट तीन कोठामा क्षति भएको छ। 

तीनवटा कोठामा रहेको भौतिक संरचनासँगै त्यहाँ रहेका कागजात जलेर नष्ट भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार क्षतिको विवरण खानेपानी मन्त्री प्रदीप यादवले संकलन गरिरहेका छन्। 

‘४०/५० लाखको क्षति भएको अनुमान गरिएको छ’, एसपी बोहराले भने, ‘तर मन्त्रीज्यूले आधिकारिक विवरण दिइसक्नुभएको छैन।’
यस्तै अहिलेसम्म आगलागीको कारण नखुलेको उनले बताए। 

‘अहिलेसम्म आगलागी के कारण भयो भन्ने विषयमा केही खुलेको छैन, एसपी बोहराले भने, ‘उहाँले आशंका पनि केही गर्नुभएको छैन।’

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगालगी भएको तलामा खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष थियो।