समाचार

ट्रम्प प्रशासनबाट समुदायलाई चुनौती–उर्गेन शेर्पा


सोनाम गेल्बु शेर्पा —शेर्पा किदुक अमेरिकाका पूर्वअध्यक्ष उर्गेन शेर्पाले समुदायको लागि चुनौतीपूर्ण समय रहेको बताएका छन् । ट्रम्प प्रशासनले संवेदनशील स्थानहरूमा आसिइ प्रवर्तन अनुमति दिन सारेको छ । विशेषगरी, मन्दिर, गुम्बा, विद्यालय, अस्पतालसहितका स्थानमा आसिइ प्रवर्तन अनुमति आवश्यक रहेको बताए । ट्रम्प प्रशासनले समुदायका अझ बढी सदस्यहरूलाई खतरामा पार्दै टिपिएस हटाउने योजना रहेको संकेत गरेको समेत उनले बताएका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनका एकपछि अर्को निर्णयले विश्व तरंगित भइरहेको छ । एनवाईआइसीले संस्थाहरूलाई परिचालन गर्दैछ । पत्रकार सम्मेलन गरेर एनवाईआइसीले विषयबस्तुबारे प्रकाश पार्दै छ । समुदायलाई शिक्षित गर्नु र अर्को चरणका कार्यक्रमबारे जानकारी दिनु पत्रकार सम्मेलनको उद्देश्य रहेको बताइएको छ । शेर्पा किदुक अमेरिकाको पूर्वअध्यक्ष रहनुभएका उर्गेन शेर्पा दक्षिण एशियाली समुदाय लक्षित सामुदायिक बिकास संस्था छायामा कार्यरत छन् ।