अन्तर्राष्ट्रिय

शेख हसिनाले सामाजिक सञ्जाल प्रयोग गरिरहेकामा भारत सरकारसँग कडा विरोध


काठमाडौं—बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाले सामाजिक सञ्जाल प्रयोग गरिरहेकामा भारत सरकारसँग कडा विरोध जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति सार्वजनिक गरेको छ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना ६ महिनादेखि भारतको शरणमा छिन्। पूर्वप्रधानमन्त्री शेख हसिनाले सामाजिक सञ्जाललगायत विभिन्न प्लेटफर्ममा लगातार दिइरहेका झुटा र बनावटी टिप्पणीले बंगलादेशमा अस्थिरता निम्त्याइरहेको बंगलादेश सरकारको आरोप छ ।

ढाकास्थित भारतका कार्यवाहक उच्चायुक्तलाई हस्तान्तरण गरिएको विरोध पत्रमार्फत मन्त्रालयले बंगलादेश सरकारले गहिरो चिन्ता, निराशा र गम्भीर आपत्ति व्यक्त गरेको छ । हसिनाका अभिव्यक्तिले बंगलादेशका जनताको भावनामा चोट पु¥याइरहेका विदेश मन्त्रालयको दाबी छ । भारत सरकारलाई पारस्परिक सम्मान र समझदारीको हितमा छिटोभन्दा छिटो उचित कदम चाल्न पनि विज्ञप्तीमा अनुरोध गरिएको छ ।