काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टीका सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा गर्न संसद् सचिवालयलाई आग्रह गरेकी छिन् । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा सांसद गौतमले सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्ने निर्णयको खेद प्रकट गर्दै छिटोभन्दा छिटो सच्याउन आग्रह गरिन् । प्रतिनिधिसभा नियमावलीको दफा २ सय ४८ मा सांसद निलम्बनको प्रावधान भए पनि अन्य कानुन प्रयोग गरेर सभापति लामिछानेलाई निलम्बन गरिएको भन्दै उनले आपत्ति जनाएकी हुन् । भापति लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसमेतमा अभियोजन गर्न संकोच अहिलेको सरकारलाई नलागेको उल्लेख गर्दै संसद् सचिवालयलाई पनि किन संकोच नलागेको ? भन्दै प्रश्न गरिन् ।
Breaking


प्रतिक्रिया