राजनीति

भौतिकमन्त्री र भारतीय राजदूतबीच भेट


काटमाडौं—भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हितबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मागबारे कुरा गरेको मन्त्रालयले जनाएको छ । रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको उनले बताए । त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पु¥याएको योगदानको प्रशंसा गरेको मन्त्रालयले जनाएको छ । उनले आगामी दिनमा दुई देशबीच सम्बन्ध थप प्रगाढ बन्ने समेत बताए ।