Breaking

ओली र देउवाको सन्देश लिएर पार्टी बैठकमा उपेन्द्र


जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलमा जुटेका छन् । जसपा नेपालको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी छ ।

संसदीय दलको बैठक अगाडि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

बिहान सभापति देउवालाई भेट्न यादव नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए भने लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।