Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

महिला टी२० श्रृंखला : नेपालले पायो १४१ रनको लक्ष्य


काठमाडौं—काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए । नेपालका लागि सिता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच–विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १–१ विकेट लिए ।