Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

अमेरिका–चीन बढ्यो टसल, एपदेखी हतियारसम्मै भिडन्त


विश्व शक्तिराष्ट्रका दुई महारथी, अमेरिका र चीन फेरि आमने सामने हुँदैछन् । व्यापारीक रुपमा हतियार र प्रविधीमा प्रतिस्पर्धा गर्दै आएका यी दुई शक्तिराष्ट्रलाई टेक्नोलोजीले आमने सामने गराउन लागेको हो । यो प्रतिस्पर्धाको टकराबले अब खतरातको तह पार गर्न लागेको छ ।

प्रविधि र हतियारबीच हुदै आएको द्धन्द्ध अहिले निरन्तर बढ्दो क्रममा छ । उनीहरुबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रतिस्पर्धा एकाएक तिब्र गतिमा अघि बढेको छ।
महँगा र अत्याधुनिक चिप्सको अभावमा चीन एआई विकासमा पछि पर्ने अमेरिकाको आकलन फेल खाएको छ।

एआईको दुनियाँमा नामै नसुनिएको चिनियाँ स्टार्टअप कम्पनी ’डिपसिक’ ले अहिले अमेरिकासहितका विश्व राष्ट्रको हावा टाइट हुने गरि नयाँ एप्स लन्च गरेको छ। डिपसिकको उदयसँगै एआईमा अमेरिकाको वर्चस्व जुन सुकै बेला ढल्न सक्ने आंकलन गरिएको छ। यसले लामो समयदेखि चलिआएको प्रतिस्पर्धा झनै तीव्र भएको छ ।

प्रतिद्वन्द्वीकै क्षमताको एआई मोडल चीनले लन्च गरेपछि अमेरिका तर्सीएको देखिन्छ, यसअघि अमेरिकाले प्रतिबन्ध लगाएर चीनलाई उच्च गुणस्तरका चिप्स किन्न रोकेको थियो ।अमेरिकाको अघोषित नाकाबन्दीकाबीच चीनले अर्बौ डलर खर्च गरेर अमेरिकाको मथिंगल हल्लिने गरि डिपसिक जन्माएको छ।

विश्लेषकहरूले तत्कालीन सोभियत संघले सन् १९५७ मा स्पुतनिक भू–उपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष–दौडमा अग्रता हासिल गरेको घटनासँग तुलना गरेका छन्। डिपसिकको सफलताबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावलाई अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा परिषदले नियालिरहेको ह्वाइट हाउसले जनाएको छ ।

डिपसिकले अमेरिकालाई सन्देश दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणको अवसर पारेर जनवरी २० मा सोचेर उत्तर दिने लार्ज ल्यांग्वेज मोडल (एलएलएम), आर–१ जारी गरेको थियो। निःशुल्क प्रयोग गर्न मिल्ने आर–१ अमेरिकी प्रतिद्वन्द्वीहरू ओपनएआई र मेटाका एआई जत्तिकै लोकप्रिय भएको छ । अमेरिका, चीन र कतिपय युरोपेली देशमा एप्पल एपस्टोरबाट सबभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एपको सूचीमा डिपसिकले ओपनएआईको च्याट जिपिटीलाई पनि पछि पारेको छ।

तानाशाही कम्युनिस्ट व्यवस्थामा गोपनीयता र मानव अधिकारका कडा प्रावधान नभएकाले चिनियाँ कम्पनीहरू अनुहार चिन्ने एआई प्रविधिमा अब्बल मानिन्छन्। तर डिपसिकले सोचेर उत्तर दिने सक्षम एलएलएम ल्याएपछि सबैलाई चकित बनाएको छ । यतिमात्र होइन डिपसिकको सफलताले अमेरिकी सेयर बजारमा पनि तहल्का मच्चिएको छ । एआई प्रविधिमा काम गर्ने ठूला अमेरिकी कम्पनीको सेयर मूल्य यो
साता एक दिनमै झन्डै १० खर्ब डलरले घटेको थियो। एआई प्रविधिका लागि उच्च गुणस्तरको चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडियाको सेयर मूल्य मात्रै एक दिनमा ५ खर्ब ८९ अर्ब डलर (लगभग १७ प्रतिशत) घटेको थियो । यो कुनै पनि कम्पनीका लागि एक दिनमा आएको अहिलेसम्मकै ठूलो गिरावट हो।

चीनले अमेरिकाको जति नै ठूलो नभए पनि पछिल्ला वर्षमा एआई क्षेत्रमा धेरै लगानी गरेको छ । धेरैले चिनियाँ कम्पनी अलिबाबा, बाइडु, टेन्सेन्ट, हुवावे वा शाओमीले अमेरिकालाई टक्कर दिने अपेक्षा गरेका थिए। तर कम खर्चमा डिपसिकले अमेरिकी मात्र होइन, चिनियाँ प्रतिस्पर्धीलाई समेत पछि पारेको हो ।

अमेरिकाले चीनीया उत्पादन टिकटकमासमेत प्रतिवन्ध लगाएपछि चीन बिच्किएको थियो । जवरजस्ती बाध्यकारी रुपमा टिकटक अमेरिकामा चलाउने भए, अमेरिकन नागरि वा, व्यापारीलाई बेच्नु पर्ने दबाले पनि अमेरिका प्रति चीन रुष्ट छ । यही बीचमा डिपसिक सार्वजनिक गरेर चीनले अमेरिकाको चैन छिनेको छ ।

प्रविधीमा मात्रै हैन, आर्थिक विकाससँगै सैन्य शक्ति सञ्चय गरेर अमेरिकालाई खुला टक्कर दिने हैसियत चीन पुगेको छ। एआईको दौड जितेर सबभन्दा शक्तिशाली बन्ने होडमा चीन अगाडी बढ्दा यसले दुई देशबीचमा द्धन्द बढाउने खतरा देखिन्छ ।

पछिल्ला वर्षमा चीनले धेरै क्षमता विस्तार गरेको छ । चीनले तुलनात्मक रूपमा प्रायः सबै सामान राम्रो, छिटो र सस्तो बनाउन सक्छ भनेर अमेरिकाले नै स्वीकार गरेको छ ।