Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई


नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका हन् ।

भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेकोमा अचम्म मानेको बताए ।

‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ,’ उनले भने, ‘अध्यादेशबाट जन्मिएको छ, अध्यादेश नै ठिक छैन भनिरहेको छ । यो चाहिँ अचम्म हुन लागेको छ नेपालमा ।’

०७८ सालमा अध्यादेशमार्फत् नै पार्टी विभाजन गरेर माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए ।

उनले ०७८ सालमा १६ वटा अध्यादेश आएको भन्दै त्यतिबेला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली नभएको पनि जिकिर गरे ।

‘०७८ सालमा अध्यादेशको जम्मा १६ वटा अध्यादेश आएको रहेछ । त्यतिबेला त प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थेन । नेकपा एमाले सरकारमा थिएन । अध्यादेशको त बाढी नै चलेको थियो,’ उनले भने ।