Breaking

प्रधानमन्त्रीले भने : पार्टी टुक्र्याउने खुद्रे कुरा सरकारको मेनुमा छैन


प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने खेलमा सरकार नरहेको बताएका छन् ।

शुक्रबारको संसद बैठक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा छैन । ढुक्क हुनुसहोस् । कांग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन।’